समाज

    भिर पाखामा गुन्जिन थाले अमित आऊ धनगढीमाई – १४ बचाउ

    नवलपुर टुडे
    २०७८ चैत्र १२ | बिहान ०९:१२ बजे

      सिराहा, चैत्र १२ । राजनीतिक आस्था भित्र स्वार्थ लुकेको सबैलाई विदितै छ । आजभोलि निस्वार्थ भएर जनताको घरदैलोमा गएर जनताको व्यक्तिगत समस्यादेखि सामूहिक समस्या आजसम्म निस्वार्थ भावनाले लिएर हिड्ने उनै व्यक्तित्व हुन्, सिराहा जिल्लाको धनगढीमाई १४ का बासिन्दा अमित ठकुरी ।

      नेपाली कांग्रेस निकट नेताको रूपमा परिचित अमित ठकुरीको चर्चा उक्त ठाउँका भिरपाखामा गुन्जिन थालेका छन् । जंगलमा दाउरा लिन गएका मानिस, गोठाला लगायतका व्यापक चर्चाको पात्र बन्न पुगेका छन् अमित ठकुरी । यतिबेला उनलाई चुनावी मैदानमा आउनुपर्छ भन्नेहरुको भीड बिहान बेलुका उनको निवासमा सहजै देख्न सकिन्छ । उनलाई यतिबेला अन्य पार्टीका मानिसहरूले स्वागत गरिरहेका छन् । वास्तविकता बुझ्दा अमित ठकुरी चुनाव आउनु अगावै जितिसकेको आम जनताको आवाज रहेको पाइन्छ ।

      जनताको हरेक समस्याको समाधानको उपाय खोजिरहने अमित ठकुरीको भावनात्मक प्रेम अनि नेतृत्व प्रति स्थानीय खुशी मात्र नभएर मतदाता नामावलीमा आफ्नो व्यक्तिगत खर्चमा आम जनताको समस्या मात्र समाधान गरेनन् बरु सिरहाको निकट उक्त ठाउँमा खानेपानी बिजुली बाटो लगायतका प्रसंसनीय काम आज उदाहरण बनेको छ ।

      यसपटक अमित ठकुरी निर्वाचित हुने पक्का भइसकेकोले आम जनताले आफ्नो मत अमित ठकुरीलाई दिने भन्दै टोल टोलमा व्यापक चर्चा गरिरहेको अवस्था रहेको पाइन्छ ।

        कमेन्टहरु