खेलकुद

    पीएनजीविरुद्ध दोस्रो खेल आज खेल्दै नेपाल

    नवलपुर टुडे
    २०७८ चैत्र १२ | बिहान ०८:१२ बजे

      काठमाडौं । नेपालले पपुवा न्युगिनि(पीएनजी)सँगको दोस्रो एकदिवसीय खेल आज खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ ।

      पहिलो खेलमा २ सय ९३ रनको विशाल लक्ष्य पाएको नेपाल पीएनजीसँग नाटकिए रुपमा ६ रनले पराजित भएको थियो । नेपालका लागि रोहित पौडेलले सतकिय इनिङ खेलेका थिए । आज हुने खेलका लागि नेपाली टोली जित लक्ष्य सहित मैदान उत्रिने छ ।

      यूएईमा सम्पन्न खेलमा नेपालसँग दुई हार बेहोरेको पीएनजीलाई घरेलु टोलीलाई हराउँदा जितले थप उर्जा मिलेको छ । नेपालले आजको एकदिवसीय खेलपछि सोमबारदेखि घरेलु मैदानमै पीएनजी र मलेसियासँग त्रिदेशीय टी–२० सिरिज खेल्दैछ ।

        कमेन्टहरु