देश

    थप ७ लाख ६६ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

    नवलपुर टुडे
    २०७८ चैत्र ११ | मध्यान्ह ०५:१२ बजे

      काठमाडौं, चैत ११ । अमेरिकी सरकारको सहयोगमा थप ७ लाख ६६ हजार ३५० डोज काभिड १९ विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध गराएको खोप शुक्रबार नेपाल आइपुगेको हो ।

      थप खोप आउने क्रममा रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । अहिलेसम्म अमेरिकाले विश्वका करिब ११० भन्दा बढी देशहरूमा ५० करोडभन्दा बढी डोज खोप उपलब्ध गराइसकेको छ ।

      अमेरिकाले नेपाललाई अहिलेसम्म ३१ लाख डोज खोप उपलब्ध गराइसकेको छ । अमेरिकाले उपलब्ध गराएको फाइजर खोप १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाउन मिल्ने छ ।

        कमेन्टहरु