मुख्य समाचार

    भारतका लागि नेपाली राजदूत डा शर्माले लिए शपथ

    नवलपुर टुडे
    २०७८ चैत्र ११ | मध्यान्ह ०३:१२ बजे

      काठमाडौं, चैत ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपाली आवासीय राजदूत डा.शङ्करप्रसाद शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

      राष्ट्रपति भण्डारीले राजदूत शर्मालाई शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए ।

      नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् । रासस

      photo 2022 03 25 15 27 28

        कमेन्टहरु