मुख्य समाचार

    आदित्यनाथको शपथ ग्रहण समारोह अघि उत्तर प्रदेशमा एक जना प्रहरीको गाेलीबाट मारिए

    नवलपुर टुडे
    २०७८ चैत्र ११ | बिहान ११:१२ बजे

      बुटवल । उत्तर प्रदेशमा योगी आदित्यनाथले दोस्रो कार्यकालका लागि मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नुभन्दा केही घण्टा अगाडि प्रहरी इन्काउन्टरमा एक व्यक्ति मारिएका छन् ।

      उत्तर प्रदेशको राजधानी लखनउको हसनगञ्ज क्षेत्रमा राहुल सिंह भन्ने व्यक्ति प्रहरी इन्काउन्टरमा मारिएका हुन् । उनलाई अलीगञ्ज ज्वलेर्समा भएको लुटपाटका आरोपी भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

      लुटपाटको क्रममा एक व्यक्तिको हत्यासमेत भएको थियो । उनीमाथि एक लाख रुपैयाँ इनाम तोकिएको थियो । शुक्रबार बिहान करिब चार बजे हसनगञ्ज क्षेत्रमा उनी रहेको थाहा पाएपछि लखनउ प्रहरीले घेरा हालेको थियो । त्यसपछि दुबै तर्फबाट फायरिङ भएको र प्रहरीको गोली लागेर उनको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

        कमेन्टहरु