भुमिही नको लागि कञ्चनपुरको बेलौरीमा जग्गा नक्साङ्कन सुरु

नवलपुर टुडे
२०७८ चैत्र ११ | बिहान १०:१२ बजे

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकामा जग्गा नक्साङ्कन कार्य सुरु गरिएको छ।
राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जमिन दिने कार्यक्रम अन्तर्गत बेलौरी नगरपालिकाले बिहीबारदेखि जग्गा नक्साङ्कन सुरु गरेको हो।
यसअघि बेलौरीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि नामावली संकलन, निस्सा वितरण कार्य सम्पन्न गरेको थियो।
नगरपालिकाको वडा नम्बर ४ बाट जग्गाको नक्साङ्कन सुरु गरिएको हो।





