उत्तर प्रदेशकाे दोस्रोपटक मुख्यमन्त्री बन्दै याेगी आदित्यनाथ

नवलपुर टुडे
२०७८ चैत्र ११ | बिहान १०:१२ बजे

काठमाडौ । भारतकाे उत्तर प्रदेशमा योगी आदित्यनाथले दाेस्राेपल्ट मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गर्दैछन् ।
लखनऊकाे अटल बिहारी वाजपेयी इन्टरनेसनल क्रिकेट स्टेडियम (इकाना स्टेडियम) मा स्थानीय समयअनुसार अपरान्ह ४ बजे हुने शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र माेदी, गृह मन्त्री अमित शाहसहित मन्त्रीहरू उपस्थित हुने भारतीय मिडियाले लेखेका छन् ।
त्याे समाराेहमा भाजपा शासित १२ राज्यका मुख्यमन्त्री र ५ उपमुख्यमन्त्री पनि रहने छन् । यसबाहेक याेगीले विपक्षी केही नेतालाई पनि शपथ समाराेहमा उपस्थितिका लागि निम्ताे गरेका छन् । उनी भाजपाको प्रदेश संसदीय दलको नेतामा बिहीबार निर्वाचित भएका थिए ।
हालै भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले कुल ४०३ मध्ये २५५ सिटमा जित हासिल गरेको छ ।





