चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

नवलपुर टुडे
२०७८ चैत्र ११ | बिहान ०७:१२ बजे

काठमाडौं, चैत ११ । चिनियाँ विदेशमन्त्री वाङ यी आज (शुक्रबार) नेपाल भ्रमणमा आउँदैछन् । उनी भारत हुँदै दिउँसो नेपाल अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अनुरोधमा वाङले नेपाल भ्रमण गर्न लागेका हुन् । विदेशमन्त्री वाङलाई परराष्ट्र सचिव भरतराज पौड्यालसहितको टोलीले विमानस्थलमा स्वागत गर्नेछन् । उनले नेपालका राजनीतिक दलका शीर्षस्थ नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । उनी चैत १३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
भेटमा दुई देशबीचको सम्बन्ध र विभिन्न परियोजनाबारे छलफल हुने बताइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि चीनका उच्च अधिकारीको यो पहिलो नेपाल भ्रमण हो ।





