मुख्य समाचार

    माछा मार्ने क्रममा विष्फोटक पदार्थको छर्रा लागेर एक जना घाइते, तीन जना पक्राउ

    नवलपुर टुडे
    २०७८ चैत्र १० | मध्यान्ह ०५:१२ बजे

      रामेछाप, चैत १० । रामेछापमा विष्फोटक पदार्थ पड्काएर माछा मार्ने क्रममा एक जना घाइते भएका छन् । माछा मार्ने क्रममा विष्फोटक पदार्थको छर्रा लागेर रामेछाप नगरपालिका वडा नं ४ का टकबहादुर श्रेष्ठ घाइते भएका हुन् ।

      श्रेष्ठलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ । छर्रा लागेर श्रेष्ठको बायाँ हातको तीन वटा औला अनुहार र घाँटीमा चोट लागेको छ । यसैबिच जिल्ला प्रहरी कार्यालय रामेछापले बम हानेर माछा मार्ने अन्य तीन जनालाई पक्राउ गरेको छ ।

      बिहीबार बिहान धारापानी बसेरीस्थित लिखु खोलामा विष्फोटक पदार्थ पड्काएर माछा मार्ने घटनामा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार थिङले जानकारी दिए ।

      उनका अनुसार पक्राउ पर्नेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं ५ का ३० बर्षिय बुद्ध लामा, सिन्धुली भद्रकाली गाउँपालिकाका २९ बर्षिय निल लामा र कमलामाई नगरपालिकाकै ५२ बर्षिय राम बहादुर बिक रहेका छन् ।

        कमेन्टहरु