सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइरालाको मुद्दा हेर्न नमिल्ने सूचीमा

नवलपुर टुडे
२०७८ चैत्र १० | मध्यान्ह ०१:१२ बजे

काठमाडौं, चैत १० । सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइराला विरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको छ । कोइरालाको मुद्दा पुनरावलोकनको निस्सा पाएर पूर्ण इजलासमा परेको थियो ।
यसअघि २०७७ असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सजाय घटाउने सम्बन्धमा फैसला गरेका कारण उक्त फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन परेको थियो । उक्त निवेदनले पुनरावलोकन निस्सा पाएसँगै उक्त निवेदनमाथिको सुनुवाई कम्तिमा ३ न्यायाधीश रहने पूर्ण इजलासबाट फैसला सदर वा संशोधन गर्नुपर्ने हुन्छ ।
लामो समयपछि पेसीमा चढेको कोइरालाको मुद्दा बिहीबार न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजलासमा परेको थियो ।





