देश

    जबरजस्ती करणी गरि गहना लुटपाट गरेको आरोपमा दुई जना भारतीय बझाङमा पक्राउ

    नवलपुर टुडे
    २०७८ चैत्र १० | बिहान ११:१२ बजे

      बझाङ । बझाङमा महिलामाथि जबरजस्ती करणी गरेर गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

      पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल प्रान्त माल्दा जिल्लाका २९ वर्षीय बिजय राजवंशी र २२ वर्षीय सन्तान मुर्मु भन्ने सनातन मुर्मु रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर विष्टले बताए ।

      कालङ्गा हाइड्रोपावरमा काम गर्ने भारतीय नागरिकहरुले बझाङको केदारस्युँ गाउँपालिका-५ मा ४ चैतमा बेलुकीपख खेतमा महिलालाई जबरजस्ती करणी गरेर गरगहना लुटेको आरोप छ ।

      उनकाअनुसार महिलामाथि जबरजस्ती करणी गरेर नाकमा लगाएको सुनको नथिया, कानका रिङ, घाँटीमा लगाएको तिलहरी र मंगलसुत्र गरी कुल ३ तोला ४ आना बराबरको गरगहना लुटेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

      जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर दुवै जनालाई थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु