समाज

    लागुऔषध तथा दुर्व्यसन न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सुरु

    नवलपुर टुडे
    २०७८ चैत्र १० | बिहान ०७:१२ बजे

      नवलपरासी, १० चैत । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा लागूऔषध तथा दुर्व्यसन एवम मानव बेचविखन तथा ओसारपसार न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम ४ न. वार्ड कार्यालयको सभाहल ठूलो खैरेटवाबाट सुरु भएको छ।

      प्रतापपुर गाउँपालिकाको आयोजना तथा जना कल्याण सिप प्रशिक्षण केन्द्र नवलपरासीको सहजीकरणमा गाउँपालिकामा बढ्दो लागूऔषधलाई नियन्त्रण तथा न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ। जन कल्याण सिप प्रशिक्षण केन्द्र नवलपरासीको कार्यक्रम संयोजक रंजीत शर्माको अध्यक्षता तथा प्रतापपुर गाउँपालिकाका वार्ड नं ०४ का वार्ड अध्यक्ष जन्त्री प्रसाद बरईको प्रमूख अतिथिकतामा सुरु भएको छ ।

      कार्यक्रममा ४ न. वार्ड सचिव फुलचन विन, यूवा अभियन्ता राहुल गुप्ता, पत्रकार विनोद निगम, आदित्य प्रजापति लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम तीन चरणमा गरिने सहजीकरण संस्थाका कार्यक्रम सह-संयोजक इमरान अलिले जानकारी दिएका छन्।

        कमेन्टहरु