गुल्मीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

नवलपुर टुडे
२०७८ चैत्र १० | बिहान ०७:१२ बजे

इन्द्रजित नेपाली
गुल्मी । गुल्मीमा वडिगार्ड खोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ निवासी किरण गिरी बुुधबार दिउँसो वडिगार्ड खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बेपत्ता युवा छत्रकोट गाउँपालिका वडा नम्बर–१ रमौदी स्थित वडिगार्ड खोलामा पौडी खेल्न गएको प्रहरीले जनाएको छ । वडिगार्ड खोलामा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरीनायव निरिक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिइ खोजी कार्य भइरहेको जानकारी दिएक छ ।





