माओवादीको गण्डकी अध्यक्षमा गायत्री गुरुङ, सचिवमा खनाल निर्वाचित

नवलपुर टुडे
२०७८ चैत्र १० | बिहान ०७:१२ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी छन् । त्यस्तै प्रदेश अधिवेशनले तीन जना उपाध्यक्ष चयन गरेको छ ।
जसमा पर्वतका गुणाखर बस्याल, बाग्लुङका ज्ञामनाथ गैह्रे र नवलपुरका मित्र शरण शर्मा रहेका छन् । त्यस्तै सचिवमा गोर्खाका जगन्नाथ खनाल र सहसचिवहरुमा तनहुँका अतिन्द्रकेशरी न्यौपाने, लमजुङका मेखबहादुर भण्डारी र म्याग्दीका टेकबहादुर विक चुनिएका छन् ।
अधिवेशनले कोषाध्यक्षमा स्याङ्जाका तारा भुषाल निर्वाचित भएका छन् ।





