पाँचवटा प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना

नवलपुर टुडे
२०७८ चैत्र १० | बिहान ०७:१२ बजे

काठमाडौं, चैत १० । देशका विभिन्न भागमा आज वर्षा हुने सम्भावना रहेको छ ।
आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज राति देशका पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सफा रहनेछ ।
प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।





