मुख्य समाचार

    घर घर जाऊ कांग्रेस जिताऊ अभियानमा अमित ठकुरी

    नवलपुर टुडे
    २०७८ चैत्र ९ | मध्यान्ह ०९:१२ बजे

      सिरहा । सिरहाको धनगढीमाई -१४ तत्कालिन आस्थाका कम्युनिस्टको लाल किल्ला मानिन्छ । भूमिगत अवस्थाका राजनीतिक अखडा बनेका उक्त ठाउँबाट स्वर्गिय मदनभण्डारी पार्टीको महासचिव बने पनि हालसम्म उक्त ठाउँमा विकास अन्धकारभित्र रुमलिएको अवस्था रहेको पाइन्छ । नेताहरुले ठूला ठूला भाषण गर्ने थलोको रुपमा परिचित उक्त ठाउँबाट स्थानिय जनताहरू आजित भएर युवा नेता अमित ठकुरीलाई आफ्ना प्रतिनिधि छनौटमा व्यापक लागेको पाइन्छ ।

      आफू जनताको प्रतिनिधि नभएपनि अहोरात्र जनताको काममा खटिरहने ठकुरीलाई यतिबेला जनताले आफ्ना प्रतिनिधि बनाउनमा लागिपरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिराहाकाे पार्टी सभापतिमा रामचन्द्र यादव विजय भएपछि उनी लगायत सबैको ध्यान यतिबेला सरे अम्वासमा केन्द्रित भएको छ ।

      photo 2022 03 23 21 16 15

      स्थानिय अमले दोभानमा भएको भेलाले अब हामी पार्टी होइन व्यक्ति हेर्नुपर्छ भन्दै अमित ठकुरीलाई चुनावी मैदानमा आउन जनताले आग्रह गरेका छन् । दूरदर्शी नेताको रूपमा कहलिएका ठकुरी विगत एक दशकदेखि राजनीति भन्दा बाहिर रहेर जनताको सेवामा लागिपरेका थिए । सबैको हाई हाई बनेका ठकुरीको चर्चा यतिबेला स्थानिय निकायको सबै वडामा भइरहेको चुनाबी अवस्था हेरिरहेको पाइन्छ ।

      अत्यन्त मिलनसार व्यक्तित्व छवि भएका ठकुरीको चर्चा सामान्य व्यक्तिदेखि ठुलासम्म भइरहेको अवस्था छ ।अमित ठकुरीको विजयले धनगढीमाई -१४ ले अनुहार फेर्नुको साथै उनी चुनावी मैदानमा आएको खण्डमा निर्वाचित निक्षित भएकोले चुनाव अगावै जनताले आफै मूल्यांकन गर्दै मतको दुरुपयोग हुनबाट जोगिन जनता जनता बीचमा कुरा चल्न थालेको अवस्थाको सिर्जना भएको छ । हुनत उनले कम्युनिस्ट लाल किल्लामा जनवरी १ को दिन अमित ठकुरीको प्रमुख नेतृत्वमा
      आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी करिब ५००० हजार आम मानिसको उपस्थितिले कम्युनिस्टको किल्ला टुटिसकेको प्रमाणित यस अघिनै भएको छ ।

      कांग्रेस आऊ १४ नम्बर विकास गरौं नाराका साथ आफ्नो पाइला अघि बढेका ठकुरीलाई टोल टोलमा स्वागत सहयोग बढिरहेको छ ।

        कमेन्टहरु