गुल्मीमा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु

नवलपुर टुडे
२०७८ चैत्र ९ | मध्यान्ह ०८:१२ बजे

इन्द्रजित नेपाली
गुल्मी, चैत ९ । गुल्मीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । बुधबार दिँउसो ४ बजेतिर इस्मा गाउँपालिका-१ छिनुवामा मोटरसाईकल अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको हो ।
जिल्लाको सदरमुकाम तम्घासबाट सिमलटारी जादै गरेको लु १२ प ३८०९ नं को मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खोलामा खसेको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका २ बस्ने अन्दाजी ५० वर्षिय रामबहादुर कुवँरको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सवार रेसुङ्गा नगरपालिका २ उदिनढुङ्गाका ३९ वर्षिय रुद्र बहादुर वि.कको गुल्मी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।





