मुख्य समाचार

    यातायात व्यवस्था विभागले सूचना सच्च्यायो – भोलिसम्म मात्रै सेवा बन्द रहने

    नवलपुर टुडे
    २०७८ चैत्र ९ | मध्यान्ह ०५:१२ बजे

      काठमाडौं, चैत ९ । यातायात व्यवस्था विभागले दोस्रोपटक सूचना जारी गर्दै अनिश्चितकालका लागि बन्द भनिएको सेवा भोलि साँझसम्मका लागि मात्रै बन्द हुने जनाएको छ ।

      विद्युत् आपूर्ति प्रणालीको यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बिहीबार बिहान ६ बजेसम्मका लागि मात्रै सेवा बन्द रहने र यातायात कार्यालयहरुबाट प्राप्त हुने सेवा सोही अवधिसम्म मात्रै अवरुद्ध हुने विभागले जनाएको छ ।

      यसअघि विभागले सर्भरमा विद्युतीय समस्या देखिएको भन्दै आज साँझ ५ बजेदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरिएको सूचना प्रकाशन गरेको थियो ।

      photo 2022 03 23 17 53 21

        कमेन्टहरु