मुख्य समाचार

    प्याब्सन राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार-२०७८ ईश्वरराज ढकाललाई

    नवलपुर टुडे
    २०७८ चैत्र ९ | मध्यान्ह ०४:१२ बजे

      काठमाडौं, चैत ९ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले नेपाल समाचारपत्रका वरिष्ठ सहायक सम्पादक ईश्वरराज ढकाललाई प्याब्सन राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार-२०७८ प्रदान गरेको छ ।

      आज काठमाडौमा आयोजित प्याब्सनको १५ औं महाअधिवेशन कार्यक्रममा पत्रकार ढकाललाई सम्मान गरिएको हो । विगत दुई दशकदेखि शिक्षा पत्रकारिता पेशामा निरन्तर लागेका पत्रकार ढकाललाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रधानमन्त्री कार्यालयका राज्य मन्त्री उमेश श्रेष्ठले सम्मानपत्र र २५ हजार नगदसहित सम्मान गरे ।

      सम्मान कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले निजी शिक्षा क्षेत्र उन्नयनको लागि निजी विद्यालयले खेलेको भूमिकाको प्रशंसा गरे । यस्तै कार्यक्रममा प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी विद्यालयले लगानीको संरक्षण, सम्पत्तिको सुरक्षा, छात्रवृतिमा भएको विभेद हटाउनुपर्नेमा जोड दिए ।

      प्याब्सनका पूर्वअध्यक्ष एवं सल्लाहकार राजेश खड्कालाई प्याब्सन गौरव, बीएन शर्मा सानु अमात्य, डोलराज पाण्डे, नारायण अधिकारी र सरोज रायलाई प्याब्सन रत्न पदकबाट सम्मान गरिएको थियो ।

        कमेन्टहरु