देश

    देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

    नवलपुर टुडे
    २०७८ चैत्र ९ | मध्यान्ह ०२:१२ बजे

      काठमाडौ, चैत ९ । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द गर्ने भएको छ ।

      विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्ने निर्णय गरेको हो । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भूसालले समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै समस्या अवरुद्ध हुने बताए ।

      विभागले सेवाग्राहीलाई हुन जाने असुविधाप्रति क्षमायाचनासमेत गरेको छ । यातायातको सर्भरमा पटक पटक समस्या हुँदै आएको सन्दर्भमा विभागले पछिल्लो पटक यो निर्णय गरेको हो ।

      photo 2022 03 23 14 48 10

        कमेन्टहरु