खेलकुद

    आईसीसी क्रिकेट विश्वकप लिग खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्कंदै

    नवलपुर टुडे
    २०७८ चैत्र ९ | मध्यान्ह १२:१२ बजे

      काठमाडौं, चैत ९ । आईसीसी क्रिकेट विश्वकप लिग -२ अन्तर्गत त्रिकोणात्मक शृंखला खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्कंदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिम बुधबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिएको हो ।

      नेपाली टिमले संयुक्त अरब इमिरेट्स यूएईको क्रिकेट मैदानमा चार अन्तर्राष्ट्रिय खेल खेलेर स्वदेश फर्कन लागेको हो । शृंखलामा नेपालले चार खेल खेल्दा दुईमा हार बेहोरेको थियो भने दुईमा जित निकालेको थियो । नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेट तथा अन्तिम खेलमा सात विकेटले पराजित गरेको थियो ।

      नेपाल घरेलु टोली यूएईसँग भने दुवै खेलमा हार बेहोर्‍यो । पहिलो खेलमा ४८ रनले पराजित नेपाल दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो । लिग -२ मा नेपालले १२ खेल खेलेको छ । जसमा ६ खेलमा जित निकालेर १२ अंक सहित छैटौं स्थानमा छ ।

        कमेन्टहरु