देश

    महेश बस्नेतकाे नेतृत्वमा “धाेति जुलुस”

    नवलपुर टुडे
    २०७७ पुस २५ | मध्यान्ह ०२:०९ बजे

      पुस २५,कमाडौं ।
      नेकपा ओली समूहले राजधानीमा ‘धोती जुलुस’ निकालेको छ ।
      युवा संघ नेपालको आफ्नो पक्षको बृहत भेला आयोजना गरेको ओली समूहले बानेश्वरदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल र्‍याली निकालिएको थियो ।

      IMG 20210109 140943 469

      महेश बस्नेतले नेतृत्व गरेको र्‍यालीलाई ‘धोती जुलुसको नाम दिइएको थियो । जुलुसमा सहभागी केहीले धोती कुर्था लगाएर ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर बोकेका थिए ।
      र्‍यालीमा सहभागीहरुले ‘अगाडि बढ केपी बा, ज्यान दिन तयार छौं’, ‘साइबर सेना आउँदैछ’ जस्ता नारा लगाएका थिए ।

        कमेन्टहरु