समाज

    अतीतको पानामा सीमित उमादेवी मण्डल

    नवलपुर टुडे
    २०७८ चैत्र ९ | बिहान ०७:१२ बजे

      बिनोद मण्डल
      सिरहा । सामान्य जीवन जिएर आफ्ना सन्तानको उज्वल भविष्यको लागि निरन्तर खटिरहने उनै धानुक परिवारको जननी आमा हुन उमा देवी ।

      आफू भोको पेट रहेर सन्तानको शिक्षाको लागि आफू अनपढ भएर पनि अहोरात्र खटेर आफ्ना छोरा छोरीलाई मात्र नभएर दाजु भाइको छोरा छोरीलाई समेत उच्च शिक्षा दिन तत्पर थिए उनी ।

      ग्रामीण गरीब परिवारका उनै अनपढ उमादेवीले तत्कालिन अवस्थामा गरेको योगदानको कारण सिरहाको धनगढीमाई १२ को मण्डल परिवारले यतिबेला निजामती लगायत राष्ट्रका चौथो अङ्गसम्म देख्न पाएका छन् ।

      कष्टमय जीवन बिताउँदै सन्तानको लागि निरन्तर लडिरहने उमाको अन्तिम तस्बिर यही छोडेर संसारबाट बिदा भएको हो । उनको योगदानलाई सदैव मण्डल परिवारले सलाम गर्नेछ ।

        कमेन्टहरु