देश

    थप ४४ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु

    नवलपुर टुडे
    २०७८ चैत्र ८ | मध्यान्ह ०४:१२ बजे

      काठमाडौं, चैत ८ । पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ५९४ वटा स्वाब नमुनाको परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

      सोही अवधिमा देशभर ४८१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ६८८ छ ।

      यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।

        कमेन्टहरु