मुख्य समाचार

    बर्दियामा पाटे बाघ मृत फेला

    नवलपुर टुडे
    २०७८ चैत्र ८ | मध्यान्ह ०३:१२ बजे

      बर्दिया, चैत ८ । बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ ।

      डिभिजन वन कार्यालय बर्दियाका अनुसार सोमबार बेलुका बाघ मृत फेला परेको हो । कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता अगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको छ ।

      जङ्गलमा कुहिएको जस्तो गन्ध आएपछि खोजी गर्दा बाघ मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए ।

      बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ । रासस

        कमेन्टहरु