खेलकुद

    पपुवा न्यूगिनीले दियो नेपाललाई १७४ रनको लक्ष्य

    नवलपुर टुडे
    २०७८ चैत्र ८ | मध्यान्ह ०३:१२ बजे

      काठमाडौं, चैत ८ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा पपुवा न्यूगिनीले नेपाललाई १७४ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ ।

      दुबईमा टस हारेर व्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको हो । उसका लागि पपुवा न्युगिनीका कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाए ।

      नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन शरार्फले १–१ विकेट हात पारे ।

        कमेन्टहरु