देश

    सिरियल किलर चार्ल्स शोभराजको मुद्दा न्यायाधीशद्धय श्रेष्ठ र मल्लको इजलासमा

    नवलपुर टुडे
    २०७८ चैत्र ८ | मध्यान्ह १२:१२ बजे

      काठमाडौ, चैत ८ । सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ तोकेको छ । सर्वोच्चले मंगलबार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासमा सुनुवाइ तोकेको हो ।

      शोभराजले उमेरका आधारमा कैद छुट माग गर्दै गत पुस ७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उनी अहिले जगन्नाथदेवलमा थुनामा रहेका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग कालिकास्थान, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाइएको छ ।

      सर्वोच्चले शोभराजको मुद्दामा गत पुष ८ गते न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

        कमेन्टहरु