खेलकुद

    आज पीएनजीसँग सामना गर्दै नेपाल

    नवलपुर टुडे
    २०७८ चैत्र ८ | बिहान ०७:१२ बजे

      काठमाडौ, चैत ८ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले मंगलबार पीएनजीको सामना गर्दै छ । दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज हुने खेल नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ ।

      यो सिरिजको पहिलो खेलमा नेपालले पीएनजीमाथि संघर्षपूर्ण जित हात पारेको थियो । सिरिजमा पीएनजीले ३ खेलमा १ मात्र जित हात पारेको छ । उसले पछिल्लो खेलमा यूएईलाई हराएको थियो । लिगमा पीएनजीको यो पहिलो जित थियो ।

      लिगको अन्तिममा रहेको पीएनजीले १५ खेलबाट २ अंक जोडेको छ । नेपालले भने ११ खेलबाट १० अंक हात पारेको छ । लिगको शीर्ष तीन स्थानमा रहने टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् ।

        कमेन्टहरु