समाचार

    मस्तिष्काघातले कार्यकक्षमै बेहोस भएका वडाध्यक्षको मृत्यु

    नवलपुर टुडे
    २०७८ चैत्र ८ | बिहान ०७:१२ बजे

      सिन्धुली, चैत ८। कार्यकक्षमै बेहोस भएका सिन्धुलीको मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको मृत्यु भएको छ। सोमबार कार्यालयमा सेवा प्रवाह गर्दैगर्दा उनी बेहोस भएका थिए।

      उनलाई उपचारका लागि कपिलाकोट स्वास्थ्य चौकीमा लगिएको थियो। स्वस्थ्य चौकी पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए। उनको मस्तिष्काघातका कारण मृत्यु भएको जनाइएको छ।

      लामा नेकपा (माओवादी केन्द्र) बाट २०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए। उनका बुबाआमा, श्रीमती र पाँच सन्तान छन्।

        कमेन्टहरु