विश्व

    युक्रेनको राजधानीस्थित व्यापारिक केन्द्रमा रुसी आक्रमण, ८ जनाको मृत्यु

    नवलपुर टुडे
    २०७८ चैत्र ८ | बिहान ०७:१२ बजे

      काठमाडौं । रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा शक्तिशाली बिस्फोट गराउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । बिस्फोटमा केही घाइते भएका छन् ।

      रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले बिस्फोट गराएका हुन् । बिस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो ।

      बिस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो । आगो निभाउन ६३ अग्नि नियन्त्रकहरु परिचालन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

      पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरुलाई निशाना बनाएको छ । रुसी हमलामा अहिलेसम्म १ करोड युक्रेनीले घर छाडेका राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले जनाएको छ ।

      २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा लाखौँ युक्रेनीले विभिन्न देशमा शरण लिएका छन् ।

        कमेन्टहरु