अनेरास्ववियु केन्द्रीय अध्यक्ष बराल सुस्ता आउदै


महेश यादव
नवलपरासी, ७ चैत । अनेरास्ववियु केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य कमरेड सुनिता बराल सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा भारतले अतिक्रमण गरेकाे नेपाली भुमि सुस्तामा आउनु हुने भएकाे छ ।
अनेरास्ववियु नवलपरासी जिल्ला कमिटिले चैत १२ गते नेपालकाे ऐतिहासिक भुमि सुस्तामा आयोजना गर्ने सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा अनेरास्ववियु अध्यक्ष सुनिता वराल आउने कार्यक्रम रहेको नेकपा एमालेका जिल्ला सदस्य, नवलपरासी जिल्ला विद्यार्थी इन्चार्ज तथा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सुसान्त शर्मा घिमिरेले जानकारी दिएका छन् ।
अनेरास्ववियु नवलपरासीकाे सचिवालयकाे बसेको बैठकले विभिन्न निर्णय गर्दै जिल्ला कमिटिका पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण र प्रशिक्षण कार्यक्रममा अध्यक्ष वरालको प्रमुख आतिथ्यता रहने जनाइएको छ ।
अनेरास्ववियु नवलपरासी जिल्ला कमिटी नवलपरासीका अनुसार वराल सँगै अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष लुम्विनि प्रदेश ईन्चार्ज यम पाण्डे, तथा स्थाइ कमिटी सदस्य तथा लुम्विनि प्रदेश अध्यक्ष सराेज पाेख्रेल, अनेरास्ववियु केन्द्रिय सदस्य साथै नेकपा एमाले केन्द्रीय कमिटि सदस्य तथा नवलपरासी ईन्चार्ज सरिता भुसाल, सह ईन्चार्ज विमला अर्याल, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष दिपेन्द्र अधिकारी, उपाध्यक्ष डाेलराज भण्डारी, सचिव धिरज शर्मा वस्याल लगायत जिल्लाका नेताहरुकाे उपस्थिति र त्यसैगरी जनवर्गिय संगठनका नेताहरुकाे पनि वाक्लाे उपस्थिति रहेने अनेरास्ववियु नवलपरासी अध्यक्ष निरज पाैडेलले जानकारी दिनुभएकाे छ ।





