खेलकुद

    भुजहवामा राष्ट्रिय भलिबल खुला प्रतियोगिता हुने

    नवलपुर टुडे
    २०७८ चैत्र ७ | मध्यान्ह ०८:१२ बजे

      सुरेश यादव
      नवलपरासी, चैत ७ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.६ भुजहवास्थित जनता माध्यमिक बिद्यालयमा यहीँ चैत ११ देखि १३ गतेसम्म राष्ट्रिय भलिबल खुला प्रतियोगिता हुने भएकाे छ ।

      सरावल खेलकुद संस्थाका दिपक क्षेत्रीका अनुसार सरावल गाउँपालिकाकाे आयाेजना तथा सरावल खेलकुद संस्थाकाे सहकार्यमा राष्ट्रिय भलिबल खुला प्रतियोगिता हुन गईरहेकाे सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभयाे ।

      भलिबल प्रतियोगितामा नेपाल गाेल्डेन आईडलका उपविजेता बिजय कुमार गुप्ता, नवलपरासीका चर्चित गायक अकलेश लाल यादव साथै भारतका चर्चित कलाकारहरुकाे सांस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जानकारी गराएको छ ।

        कमेन्टहरु