१७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

नवलपुर टुडे
२०७८ चैत्र ७ | मध्यान्ह ०५:१२ बजे

ललितपुर, चैत ७ । प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक युवकलाई पक्राउ गरेको छ ।
जाजरकोट सिवालय गाउँपालिका-४ स्थाई घर भई हाल ललितपुर महागनरपालिका-२४ बस्दै आएका २४ वर्षीय नविन खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
खत्रीले ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका-२१ खोकना भैँसेपाटीस्थित जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।





