विश्व

    चीनमा १३३ यात्रु बोकेको विमान पहाडमा ठोक्किएर दुर्घटना

    नवलपुर टुडे
    २०७८ चैत्र ७ | मध्यान्ह ०३:१२ बजे

      काठमाडौं । चीनको दक्षिणी क्षेत्रमा १३३ यात्रु बोकेको एक विमान दुर्घटना भएको छ ।

      चिनियाँ सञ्चार माध्यमका अनुसार चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको हो ।

      दुर्घटनापछि विमानमा आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो र के कारणले विमान दुर्घटना भयो भन्नेबारे खुलेको छैन । अहिले दुर्घटनास्थलमा उद्दार टोली खटिएको छ ।

      कुन्मिङ चान्सुई विमानस्थलबाट छुटेको उक्त विमान दक्षिणी चीनको युनान प्रान्तमा १:१५ मा र ग्वाङ्झाउ प्रान्तमा ३:०७ मा अवतरण हुने तालिका थियो ।

        कमेन्टहरु