समाज

    गुल्मी टाकुरामा एक घर एक धारा जडान सम्पन्न गरि उद्वघाटन

    नवलपुर टुडे
    २०७८ चैत्र ७ | मध्यान्ह ०३:१२ बजे

      इन्द्रजित नेपाली
      गुल्मी, चैत ७ । गुल्मी जिल्लाको इश्मा गाउँपालिका वडानम्बर–३ टाकुरामा एक घर एक धारा जडान सम्पन्न भएको छ । सदियौंदेखि खानेपानीको लागि समस्यामा रहेका इश्मा वासीको खानेपानीको समस्या समधान भएको छ ।

      पिउने पानीकै लागि वषौंदेखि समस्या भोग्दै आएका गुल्मी जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर–३ टाकुरामा एक घर एक धारा सञ्चालनमा आएको हो । वषौंदेखि खानेपानीको समस्या झेल्दै आएका टाकुराबासीलाई घरघरमा पानी पुगेपछि सहज भएको छ । पानीको लागि कष्टकर अवस्थाबाट गुज्रीइरहेका स्थानिय बासीन्दाहरु घरघरमै धारा आएपछि निकै खुसी भएका छन् । पानीका मुहानहरु नजिकै नभएकाले पनि पानीको आपूर्ति समस्याको अबस्थामा थियो । तर आठमाने ढिकुरा लिफ्ट खनेपानी आयोजनाबाट ८५ घरघरधुरीमा खानेपानी पुगेको छ ।

      खानेपानी आयोजनाको उद्घाटन गर्दैे मन्त्री तथा गुल्मी क्षेत्रनम्बर–२ का सांसद गोकर्ण राज बिष्टले पानी बोक्दा आङ खस्ने समस्या झेलीरहेका महिलाहरूलाई घर छेउमै पानी आउँदाको खुसी निकै ठूलो रहेको बताउनुभयो । स्थानियहरु घर नजिकै पानीका मुहान नहुदाँ एक गाग्री पिउने पानी ल्याउनकै लागी बिहान र बेलुकाको समय खर्चिन बाध्य थिए । पानी ल्याउनको लागि टाढा जानु पर्ने अवस्था परिवर्तन भएर अहिले आफ्नै घरमा निर्माण गरिएको धाराबाट पानी खसेको देख्दाँ स्थानिय खुसी भएका छन् ।

      एक घर एक धारा अभियानमार्फत खानेपानी समस्या समाधान गर्ने उदेश्यले गाउँपालिकाले खानेपानी आयोजना सञ्चालन गरेको हो । खानेपानी आयोजना पुस २०७५ मा सम्झौता भई २०७८ माघमा सम्पन्न गर्ने समय अबधी रहेको थियो । आयोजना ४० लाखको लागतमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । घरघरमा खानेपानी आएपछि टाकुरा बासीको दैनिकी नै फेरिएको छ । उनिहरुले खानेपानी बोक्नका लागि खर्चनुपर्ने समय अन्य क्षेत्रमा लगाउन पाउने भएका छन् ।

      आयोजना निरन्तर रुपमा सञ्चालन भएमा स्थानियबासीहरुको जनजीवनमा निकै सहज हुने देखिन्छ ।

        कमेन्टहरु