मुख्य समाचार

    लेटाङमा कर्फ्यु जारी : घटनामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ

    नवलपुर टुडे
    २०७८ चैत्र ७ | बिहान १०:१२ बजे

      विराटनगर, चैत ७ । मोरङको लेटाङमा भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

      हिजो आइतबार स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । स्थिति तनावपूर्ण बनेकाले लेटाङमा आज बिहानैदेखि कर्फ्यू आदेश जारी गरिएको छ । घटनामा संलग्न भएको आरोपमा लेटाङबाट ६ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको विवरण भने प्रहरीले खुलाएको छैन ।

      शिक्षकले १२ वर्षीया विद्यार्थीलाई जबरजस्ती प्रयास गरेको आरोपपछि लेटाङमा हिजो तनाव भएको थियो । प्रशासनले लेटाङको वडा ३ र ४ को पश्चिम क्षेत्र गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

        कमेन्टहरु