एमालेका उपाध्यक्ष पौडेलसहित चार नेता आज चीन जादै


काठमाडौं, चैत ७ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता चीनको बेइजिङ जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणालाई स्वीकार गर्दै पौडेलसहित नेताहरू चीन जान लागेका हुन् ।
सोमबार बिहान ९ बजेतिर पौडेलसहित एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगको अध्यक्षमा पुष्प कँडेल र मीना रखाल चीन जान लागेको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए । पौडेलसहितका नेताहरु पाँच दिन चीनमा रहने छन् । ‘चीनको कुन्मिङमा हुने इकोनोमिक कोअपरेशन एण्ड कल्चरल एक्सचेन्समा सहभागी हुन नेताहरु जान लाग्नु भएको हो’ उपमहासचिव रिमालले भने ।
चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने चर्चा छ । त्यससँग सम्बन्धित रहेर भेटघाट हुन्छ/हुन्न भन्ने प्रश्नमा रिमालले भने,‘मूलत : अहिले गोष्ठीमा सहभागी हुन नेताहरु जानु भएको हो । चीनियाँ नेताको भ्रमणसँग सम्बन्धित रहेर भेटघाटको कार्यतालिका बनेको छैन । त्यो भ्रमण हुने विषय बेग्लै हो । यो भ्रमण छुट्टै उद्देश्यसहित तय भएको हो ।’
लामोसमयपछि नेपालबाट शीर्ष नेतासहितको भ्रमण टोली बेइजिङ जान लागेको हो ।





