समाचार

    युवा संघ नेपाल गुल्मीद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

    नवलपुर टुडे
    २०७८ चैत्र ६ | मध्यान्ह १०:१२ बजे

      इन्द्रजित नेपाली
      गुल्मी, ६ चैत । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीले पेट्रोलियम पदार्थ मुल्य वृद्धि र उपभोग्य बस्तुको मुल्य बृद्धि गरेको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रभानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छ ।

      नागरिक कोरोनाको महामारीका कारण आक्रान्त बनिरहेको अवस्थामा सरकारले पटक–पटक पेट्रोलियम पदार्थ मुल्य बद्धि गरेर जनतालाई राहतको सट्टा आहात बनाएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीका अध्यक्ष सुरेश भण्डारीले बताए ।

      संगठनले ज्ञापन पत्रमा मुलुक अहिले गम्भिर संकटबाट गुज्रीरहेको अवस्थामा परमादेशको नामबाट आएको अपबित्र गठबन्धनको सरकारले जनतालाई निराशा बनाउने बाहेक कुनै काम गर्न नसकेको युवा संघले आरोप लगाएको छ । उनले उपभोग्य बस्तुको मुल्य दिनानुदिन बढ्दै जाने र बजारमा कृतिम अभाव समेत देखिन थालेका कारण नागरिक चपेटासंग सरकार रमिते बनेको कारण जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको भण्डारीले जानकारी दिए ।

      राष्ट्रिय युवा संघ नेपाल गुल्मीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको घोरभ्रत्सना गर्दै अबिलम्ब मुल्यबृद्धि फिर्ता लिन जोडदार माग गरेको छ । प्रमुख जिल्ला अधिकारी पुण्डबिक्रम पौडेलले युवासंगको पत्र तत्काल प्रधानमन्त्रीको कार्यालय पठाउने जानकारी दिए ।

        कमेन्टहरु