भत्ता देखि ठेक्का समेत सेटिङमा ? अनाैठाे प्रशासन ऐंसेलुखर्क गाउँपालिकाको !


दिपेश श्रेष्ठ
खाेटाङ । खाेटाङको ऐसेलुखर्क गाउँपालिकाको स्वास्थ्यचौकी भवन निर्माण गर्न खाेलिएकाे ठेक्का सेटिङमा पारिएको भन्दै निर्माण व्यवसायीहरुले गुनासो गरेका छन्। उक्त पालिकामा १५ शैयाकाे स्वास्थ्यचौकी भवन बनाउन खुलाइएको ठेक्कामा आर्थिक प्रलोभनमा सेटिङ गरेर श्याम सुन्दर तुवाचुङ जेभिलाई ठेक्का पारिएको भन्दै गुनासो गरेका हुन्।
उक्त भवन निर्माणका लागि करिब १९ करोड ५० लाख रुपैयाँ ठेक्का खुलाइएको थियो। उक्त ठेक्का सेटिङ गरेर पारिएको ऐंसेलुखर्क गाउँपालिका-३ का निर्माण व्यावसायी लाेकेन्द्र राजभण्डारीले बताए । सार्वजानिक खरिद नियमावली विपरित सेटिङ गरेर ठेक्का पारिएको राजभण्डारीको भनाई छ।
सेटिङमा नीतिगत भ्रष्टाचार गरिएकोले सच्याउनका लागि फागुन २२ गत्ते ऐसेलुखर्क गाउँपालिका र सार्वजनिक खरिद नियमावली कार्यालय ताहाचलमा निवेदन दिएपनि नसच्याइएको निर्माण व्यावसायी भिषण राईले बताए। नीतिगत भ्रष्टाचार गरेर अनावश्यक आइटम राखेर सबै निर्माण ब्यबसायीहरुलाई प्रतिस्पर्धा गर्नबाट बञ्चित गराइएको राईको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले भने यो बिषयमा विस्तृत अध्ययन हुनेछ, धेरैले सेटिङ भनेकोले यसबारे अध्ययन हुन्छ, यदि त्यस्ताे ठहरियमा ठेक्का रद्द हुन्छ। ब्यबसायी राईलाई उदृतगर्दै संबद्ध श्राेतले बताएकाे छ।
निर्माण व्यावसायीहरुले सेटिङमा ठेक्का आह्वान गरेको भन्दै चैत ४ गते अख्तियारमा समेत उजुरी दिएका छन्। उक्त ठेक्काका लागि माघ २७ गते आह्वान गरिएको थियो । एक महिनाको अवधि राखेर खुलाइएको ठेक्का फागुन २७ गत्ते खोल्नु पर्ने भएपनि व्यावसायीहरुको मागको आधारमा चैत ४ गतेका लागि सारिएको थियो । त्यसपछि फेरि होली पर्व परेकोले चैत्र ६ गते खाेलाएको हो।
याे पालिकामा यहि मात्र एउटा उदाहरण मात्रकाे लफडा भने होइन। केही दिन अघि पनि प्राेत्साहन भत्ताकाे बिषयमा अनियमितताकाे समाचारहरु पनि आएका थिए भने साे काे बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेग टंगालमा उजुरीकाे लागि सप्रमाणहरु तयारिमा रहेकाे श्राेतले बताएकाे छ।
साे भत्ता बितरणमा पालिकाका केही ब्यक्तिकाे संलग्नतामा २०७८ काे साउन ७ गते नै एउटा निर्णय गरे जाे निर्णय अनुरुप सिमित ब्यक्तिलाई तलब सरह भत्ता भुक्तानी गर्याे र ७ महिना पछि गत फागुन १६ मा गाउँसभाद्वारा उक्त निर्णय पास गरिएकाे थियाे। जब कार्य बिधिनै पारित हुन बाँकी थियाे भने भुक्तानी किन गरियाे भन्ने बिषय अहिले पनि चलिरहेकाे छ। आन्तरिक सेटिङकै कारण उक्त ऐंसेलुखर्क गाउँपालिकाकाे भवन निर्माण अलपत्र मात्र होइन ठेक्कानै रद्ध भएकाे थियाे।
आर्थिक बर्ष ०७७/७८ काे पहिलाे र दाेश्राे किस्ता बापतकाे सामाजिक सुरक्षा भत्तामा पनि केही वडाहरुमा अनियमितता भएकाे पालिका संबद्ध एक कर्मचारीले बताए। उसले थपे, कार्यबिधि पास हुन अगावै भुक्तानी गरिएकाे प्राेत्साहन बापतकाे भत्ता फिर्ता गराएरै छाेड्ने अठाेटका साथ अख्तियार आएकाे हो ।
उनी थप्छन्, “यी त ठुला कर्तुत भए तर सेटिङकै कारण जाबाे खाने पानीकाे लागि प्रयाेग गरिने पाईपमा समेत भ्रष्टाचार भएकाे छ, सप्लायर्सले कबुल गरेअनुरुपकाे पाईप अहिले पालिकामा नआएकाे र यसमा पनि कर्मचारीकाे मिलेमताे रहेकाे हुन सक्छ ।”











