समाचार

    डा. शंकर शर्मा भारतका लागि नेपाली राजदूत नियुक्त

    नवलपुर टुडे
    २०७८ चैत्र ६ | मध्यान्ह ०७:१२ बजे

      काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नियुक्त गरेकी छन्।

      कात्तिक ११ गतेको मन्त्रिपरिषद्‌ बैठकबाट भारतका लागि राजदूत सिफारिस भएका शर्माले चार महिनापछि नियुक्ति पाएका हुन्। भारतले कुटनीतिक सहमति ‘एग्रिमो’ पठाउन तीन महिना लगाएपछि शर्माको नियुक्तिमा ढिलाई भएको हो।

      भारतले चैत २ गते एग्रिमो पठाएपछि आइतबार राष्ट्रपति भण्डारीले शर्मालाई राजदूत पदमा नियुक्त गरेकी हुन्।

        कमेन्टहरु