मुख्य समाचार

    क्रिप्टोकरेन्सी प्रकरणमा अपराध अनुसन्धान ब्युरोले नायिका प्रियंका कार्कीलाई बोलायो

    नवलपुर टुडे
    २०७८ चैत्र ६ | मध्यान्ह ०६:१२ बजे

      काठमाडौँ । क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा नायिका प्रियंका कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरोले बयानका लागि बोलाएको छ ।

      ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोले दिएको जानकारी अनुसार सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गर्दै भिडियो पोस्ट गरेपछि उनलाई बयानका लागि आइतबार बोलाइएको हो । आइतबार दिउँसो उनी बयान दिन अपराध अनुसन्धान ब्युरो पुगेको एसपी महतोले जानकारी दिए ।

      कार्कीले केही दिनअगाडि सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै भनेकी थिइन्- ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु । तपाईँहरु पनि लगानी गर्नुस् ।’ नेपाल राष्ट्र बैँकले भने क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी हुने भन्दै नगर्न सबैलाई चेतावनी दिएको छ ।

        कमेन्टहरु