राजनीति

    पर्साको पोखरिया नगरपालिकाका मेयर रौनियार नेपाली कांग्रेसमा प्रवेश

    नवलपुर टुडे
    २०७८ फाल्गुन २६ | मध्यान्ह ०७:११ बजे

      काठमाडौं । पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

      बिहीबार नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले वीरगञ्जमा आयोजना गरिएको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा रौनियारलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।

      रौनियार पोखरिया नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली जनता दलको उम्मेदवार बनेर मेयरमा निर्वाचित भएका थिए ।

        कमेन्टहरु