देश

    संखुवासभामा बस दुर्घटना, १० को मृत्यु, पाँच जना गम्भीर घाइते

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २६ | बिहान ०९:११ बजे

      सङ्खुवासभा, फागुन २६ गते । संखुवासभाको मादीबाट झापा दमकको लागि छुटेको बस दुर्घटना भएको छ ।

      विहिबार (आज)विहान करिव ७ बजे बा ४ ख ७३५ नम्बरको बस रामबेनी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

      घटनामा १० जनाकाे मृत्यु र पाँच जना गम्भीर घाईते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्जव सुवेदीले जानकारी दिनुभयाे । सडकबाट बस करिव चारसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

      घाईते र मृत्यु हुनेको संख्या बारेमा जानकारी संकलन भईरहेको डिएसपी सुवेदीले जानकारी दिनुभयो । घटनाको थप बिवरण संकलन भइ रहेकाे प्रहरीले जनाएकाे छ ।

        कमेन्टहरु