सरस्वती माध्यमिक विद्यालय परासीका विद्यार्थीलाई ट्र्याक सुट बितरण


बिनोद निगम
नवलपरासी । पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका – १२ का सरस्वती माध्यमिक विद्यालयका ३ सय ६५ जना विधार्थीलाई ट्र्याकसुट वितरण गरिएको छ।
रामग्राम नगरपालिकाका – १२ को आयोजनामा वडा अध्यक्ष स्तरिय ट्र्याकसुट वितरण कार्यक्रम – २०७८ अन्तर्गत सरस्वती माध्यमिक बिद्यालयका ३ सय ६५ जना बिधार्थीहरुलाई वितरण गरिएको हो ।
कार्यक्रम रामग्राम नगरपालिका वार्ड नं १२ का वार्ड अध्यक्ष भगवन्तलाल गुप्ताको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमूख नरेन्द्र कुमार गुप्ताको प्रमूख अतिथिकतामा सम्पन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले रामग्राम नगरपालिका बाल मैत्री स्थानीय शासन घोषणाको अन्तिम चरणमा रहेको बताउँदै यस नगर भित्रका सबै बालबालिकाको अधिकार सुनश्चित गरेको संदेश दिन यस्ता कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ।
अध्यक्ष भगवन्त गुप्ताले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन तथा विधार्थीहरु अध्ययनमा रुचि राख्ने प्रविती बढाउन यस्ता कार्यक्रम गरिएको बताउँदै यसबाट रामग्राम नगरपालिकालाई बाल मैत्री स्थानीय शासनमा थप सहयोग गर्ने र सबै बालबालिकाको अधिकार सुनश्चित गरेको संदेश दिइएको बताए ।
कार्यक्रममा रामग्राम नगरपालिकाका कार्यपालिका सदस्य रोशन साह, वार्ड सदस्य रामानन्द यादव, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक दयानन्द चौधरी, रामग्राम जेसिस- २०२२ का अध्यक्ष अनिल कुमार उपाध्या, अधिवक्ता दिनेश पाण्डे, इमरान खान र पत्रकारहरुको उपस्थिति रहेको थियो।





