बिश्व

    सुँगुरको मुटु ट्रान्सप्लान्ट गराएका पुरुषको २ महिनापछि मृत्यु

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २६ | बिहान ०७:११ बजे

      काठमाडौ । सुँगुरको मुटु ट्रान्सप्लान्ट गराएका पुरुषको २ महिनापछि मृत्यु भएको छ । अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा मङ्गलबार दिउँसो उनको मृत्यु भएको हो ।

      मेरिल्यान्डमा बस्ने ५७ वर्षीय डेभिड बेनेटको दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो । यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो तर उनको मृत्यु भएको छ ।

      युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो । प्रत्यारोपण गर्ने चिकित्सा टोलीलाई यसले वर्षौँको अनुसन्धानको परिणाम दिएको र यसले विश्वभरि मानिसको जीवनलाई परिवर्तन गर्नसक्ने बताइएको थियो । शल्यक्रियाअघि उनी ६ साता ओछयानमै उपकरणजडित भएर बसेका थिए।

      मुटुमा समस्या देखिएपछि उनलाई जीवित राख्न त्यसो गरिएको थियो । तर सुँगुरको मुटु प्रत्यारोपण गरेको २ महिनापछि बेनेटको मृत्यु भएपछि विभिन्न अड्कलबाजी हुनसक्ने सञ्चारमाध्यामहरुले जनाएका छन् । एजेन्सी

        कमेन्टहरु