अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा सामाजिक अभियान्ता पन्थीद्वारा दीर्घराेगी पाण्डेलाई अार्थिक सहयोग


तानसेन । मिना पन्थी पछिल्लो समयमा जिल्लाका सामाजिक कार्यक्रम अग्रसर रहनुभएकाे छ । विगतकाे समयमा अाफ्नाे वास्तविक जीवनमा परेको दुख र पिडालाई अात्मसाथ गर्दै विभिन्न व्यक्ति,समूह र संघ सस्थामा सामाजिक उत्तर दायित्वकाे भावनाले समाजिक कार्य गर्दै अाउनुभएकाे छ । मानिसकाे जन्म हुनु,विवाह गर्नु एक प्रकृया नै हाे । साेही प्रकृया अनुसार मिना पन्थीले १७ बर्षकाे उमेरमा स्वर्गीय राजेन्द्र पन्थीसँग बैबाहिक जीवनमा बाधिनु भयो ।
उमेरले १७ बर्षकाे कलिलाे उमेरमा विवाह गरेकि पन्थी २८ बर्षकाे उमेर हुदा सम्म उहाले दुई सन्तानलाई जन्म दिनुभयाे । दुखम सुमन जीवन चलेकै थियाे । त्यहि क्रममा पन्थीकाे जीवनमा ठुलाे बज्रापात अाइ पर्याे साे बज्रापात थियाे । २८ बर्षकाे कलिलाे उमेरमा पति वियाेग,पतिकाे वियाेग पश्चात् पन्थीले जीवनमा हरेस खानु भएन जनतन दुखम सुखम गरेर छाेरा छाेरीलाई शिक्षा दिक्षा प्रदान गर्दै अगाडि बढ्नुभयाे । पेशाले शिक्षण पेशामा लाग्नु भएकी पन्थीले अाफ्नाे जीवनमा परेकाे दुख र पिडालाई यथार्थ रूपमा अंगिकार गर्दै हाल सामाजिक कार्यमा अग्रसर रहनु भएको छ । हाल पन्थीका दुई सन्तान मध्ये एक छाेरी डक्टर हुनुहुन्छ भने छाेराेले अध्ययन गर्दै हुनुहुन्छ । जिल्लाकाे विभिन्न व्यक्ति,समुदाय एवम संघसंस्था,विपन्न अार्थिक अवस्था कमजाेर भएकै कारण शैक्षिक ज्ञान हासिल गर्न बन्चित भएका विद्यार्थीहरूलाई अभिभावकत्ब ग्रहण गर्दै शैक्षिक कार्यमा अगाडि बढाउनुभएको छ । हाल पन्थीले जिल्लाका २५ जना विद्यार्थीहरूलाई शैक्षिक ज्ञान हासिल गर्नका लागि शैक्षिक खर्चकाे व्यवस्थापन गर्दै अाएको बताउनुभयो ।
त्यसै मध्ये जिल्लाकाे रिब्दीकाेट गाउँपालिका वडा न १ ख्याहाकी वर्षा पाण्डे पनि एक अार्थिक अवस्था कमजाेर भएकि दीर्घराेगी हुन । उनी हाल कक्षा १२ पास गरि सकेकी छिन । शैक्षिक हिसाबले हेर्दा उनी निकै अब्बल छन । घरमा बाबाकाे मृत्यु भइसकेको छ । अामा हुनुहुन्छ तर अामा पनि दीर्घराेगी हुनुहुन्छ । घरमा भएको अामा पनि दीर्घराेगी र अाफु पनि दीर्घराेगी भए पश्चात् अार्थिक अवस्था कै कारण पढाइ छाेड्ने अवस्थामा पुगेकी पाण्डेलाई रिब्दीकाेट गाउँपालिकाका समाजसेवी रामचन्द्र पाण्डेले अभियान्ता पन्थीसँग भेट गरि छलफल गर्दा पन्थीले एम ए सम्मकाे अध्ययन गराउने वचन दिएको बताउनुभयो ।
मार्च ८ काे दिनमा देश भर विभिन्न कार्यक्रम गरि महिला हक हित अधिकारका कुरा गरि विभिन्न ठाउँहरूमा महिला दिवस मनाइयाे तर पन्थीले भने छुट्टै सामाजिक कार्य गरि महिला दिवस मनाउनु भएको छ । पन्थीले पाण्डेकाे शैक्षिक ज्ञान हासिल गर्नका लागि सामाजिक सुरक्षा भत्ताबाट प्राप्त गरेको रूपैयाँ २४ हजार एक कार्यक्रमबिच हस्तान्तरण गर्नुभएको छ । पढ्ने अधिक रुचि र क्षमता भएको तर अार्थिक अवस्था कमजाेर भएकि पाण्डेलाई पन्थीले उक्त रकम प्रदान गरेको बताउनुभयो । पाण्डे अध्ययन गर्ने रुचि राखेकाे परिस्थितिमा एम ए सम्मकाे शिक्षा हासिल गर्ने सम्मकाे अध्ययन गराउछु भन्नुहुन्छ पन्थी,अाफुले वास्तविक जीवनमा भाेगेका पिडा र दुख संघर्षकाे भावनाले प्रभावित हुने पन्थीले विगतकाे समयमा तानसेन वडा न ११ काे भालुवनमा पहिराे पिडित परिवारलाई खाधान्न हस्तान्तरण गर्नुभएको थियाे । अागामी दिनमा अावास निर्माण गरिदिने बताउनुभयो ।
त्यस्तै तानसेन वडा न ८ छापकी रम्भा देबि विक जस्काे मेरुदण्ड भाचिएर अाेछ्यानमा थला पर्नुभएकाे छ । उहाकाे लागि खाधान्न,लत्ताकपडा सहित पुग्नु भएको थियाे । अागामी निकट भविष्यमा नै उक्त विरामीकाे लागि कम्फाेटेवल चर्पी निर्माण गरिदिने बताउनुभयो । त्यस्तै रिब्दीकाेटकाे मैनादीमा अार्थिक अवस्था कमजाेर भएका व्यक्तिलाई खाधान्न सहयोग गरेको र अागामी दिनमा उपचारकाे लागि अार्थिक सहयोग उपलब्ध गराउने बताउनुभयो । विगत केही समय अगाडि ख्याहाका अार्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत प्रदान गरिएको,स्कुलकाे हाेस्टेलकाे लागि खाधान्न सहयोग उपलब्धता गराएकाे बताउनुभयो । पन्थीले विभिन्न भाैगाेलिक विकटताले पछाडी परेका विद्यालयमा न्यानाे कपडा वितरण,शैक्षिक सामाग्री हस्तान्तरण लगाएतका कार्यहरूमा कृयाशिलता रहनु भएको छ ।
राजनीति रूपमा नेपाल महिला संघकाे उपाध्यक्ष समेत रहनु भएकी पन्थीकाे सामाजिक कार्यले लक्षित वर्गका नागरिकहरूले राहत महसुस गरेका छन । अागामी दिनमा अन्य अार्थिक विकटता,अार्थिक अवस्था कमजाेर भएका व्यक्ति,समुदाय र सस्थामा पुगी सामाजिक उत्तरदायित्वकाे भावना स्वरूप सामाजिक कार्यमा निरन्तरताका साथ अगाडि बढ्ने पन्थीले बताउनुभयो । पन्थीले निस्वार्थ रूपमा साेतहस्फुर्त रूपमा व्यक्तिगत रूपमा सहयोग गर्दै अाएकाे बताउनुभयो । नकारात्मक साेच भन्दा सकारात्मक साेचले समाज विकास हुन्छ भन्ने पन्थीले समाज रुमान्तरण गर्नु उहाकाे ठुलाे मुद्दा हाे बताउनुहुन्छ ।





