च्याम्पियन्स लिग: बार्यन म्युनिख क्वार्टरफाइनलमा, लेवान्डोस्कीको ह्याट्रिक

जगत ठाडा मगर
२०७८ फाल्गुन २५ | बिहान ०७:११ बजे

काठमाडौ । बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ। अन्तिम १६ को खेलमा आरबी साल्जबर्गलाई समग्रमा ८–२ को फराकिलो अन्तरले पराजित गर्दै बार्यन म्युनिखले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
बुधबार भएको दोस्रो लेगको खेलमा बार्यन म्युनिखले ७–१ गोल अन्तरको जित हात पारेको हो। पहिलो लेगको खेलमा बार्यन र आरबी साल्जबर्गले १–१ गोलको बराबरी खेलेका थिए।
बुधबारको खेलमा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे। उनले २ गोल पेनाल्टीमार्फत गरेका थिए। त्यस्तै सर्ज ग्नाब्रीले १, थोमस मुलरले २ र लरोय सानेले १ गोल गरे।





