समाज

    सरावल -६ का जनताहरुकाे आवाज : सुभान अलि जिताउ अभियान

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २४ | मध्यान्ह ०८:११ बजे

      नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका -६ का जनताहरुले सुभान अलि जिताउ अभियान संचालन गरेका छन । वर्तमान समयमा जितेका जनप्रतिनिधिहरुले जनताको दुख, सुख वुझि विकासको कार्य नगरेको भन्दै असल र विकास प्रेमि सुभान अलि जिताउ अभियानमा जुटेका छन ।

      पाँच वर्षको अन्तरालमा जितेर कुर्सीमा बसेका जनप्रतिनिधिहरुले भ्रष्टाचार गर्न तर्फ बढि लागेको आम जनसमुदायका जनताहरुले गुनासो समेत पाेखेका छन ।

      वर्षाे वर्षदेखि सरावल – ६ मा बाढिकाे कारण धनजनको क्षति हुनुकाे साथै बाढिले घरसमेत बगाएर लगेकाे बेलामा बाढि नियन्त्रणमा गर्नुकाे सट्टा राहतको नाममा चियरा, दालमाेट चामल बाँडेर जनतालाई मुर्ख बनाउदै भ्रष्टाचार समेत गर्दै आईरहेकाे आरोप लगाउदै, स्थानीय जनताहरुले आज आयाेजित एक जनता भेटघाट कार्यक्रममा जनताहरुले गुनासो ब्यक्त गरेका थिए । साथै बाढिले घर बगाएर लगेपछि फाेटाे खिचेर मात्र लग्ने र आफ्नो मान्छे चिनेर केही समाग्रि वितरण गरेको बताएका छन ।

      स्थानीय जनताहरुकाे दुख सुख बुझ्दै सहयोग गर्दै आईरहेकाे समाजसेवी सुभान अलिलाई जनताको मतबाट चुनावमा भारि मतले विजय गराउने अभियानमा समेत जुटेका छन । र आँउदो निर्वाचनमा वडामा नयाँ विकास प्रेमि समाजसेवी जनप्रतिनिधि सुभान अलि जस्तो उमेदवारलाई विजय गराउने लक्ष्य बाेकेका स्थानीय जनताले भेटघाट कार्यक्रम बताएका हुन ।

      photo 2022 03 08 20 09 14

        कमेन्टहरु