समाज

    कृष्णनगरमा भव्यताका साथ मनाइयो ११२औं अन्तर्राष्ट्रिय महिला दिवस

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २४ | मध्यान्ह ०४:११ बजे

      कृष्णनगर । सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता भन्ने मूल नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिकाको सभा हालमा ११२औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ।

      कृष्णनगर नगरपालिकाको आयोजना र माइती नेपाल, इलाका प्रहरी कार्यलय कृष्णानगर, आफन्त नेपाल, शान्ति पुर्नस्थापना गृह, साना हातहरू, सुआहारा, लगायत संघ संस्थाको सहकार्यमा संचालन भएको थियो।

      कृष्णनगर नगरपालिकाकी उपप्रमुख शबनम खातुनले कार्यक्रमको अध्यक्षता गरेका थिइन। कार्यक्रममा बोल्दै उपप्रमुख शबनम खातुनले महिला अधिकारका लागि आफुहरु सधै लड़ने बताउनुभयो र महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजायको व्यवस्था हुनुपर्ने बताईन ।

      अतिथीहरुमा कृष्णनगर भन्सार कार्यालय प्रमुख जनार्दन पौडेल, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कूफी, कृष्णानगर नपा वडा नं २ वडाध्यक्ष संजय गुप्ता, शिक्षा शाखा प्रमुख बलराम पन्थी रहेका थिए।

      कार्यक्रममा बोल्दै कृष्णनगर भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलले महिलाहरु हकअधिकारबाट वन्चित नहुनु पर्ने बताउदै महिला अधिकार सम्बन्धि समस्या रहेको ग्राउंड जिरो देखि नै समाधान गर्नु पर्नेमा जोड़ दिए।

      लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली उपस्थित सबैलाई धन्यवाद दिदै महिलालाई उच्च सम्मान दिनु पर्नेमा जोड़ दिदै आमाको खुट्टा मुनि स्वर्ग रहेको बताउदै महिला भएमा मात्र पुरुषको जीवन सार्थक हुनेसमेत बताउनु भयो।

      कार्यक्रममा कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्ययले शुभकामना मन्तव्य राख्नुभयो l माइती नेपालका विकाश श्रीवास्तव लगायत प्रहरी, कर्मचारी, समाजसेवी, महिला अधिकारकर्मी, विभिन्न संघसंस्थाका पदाधिकारी, समाजसेवी, महिला लगायत अन्यको उपस्थित रहेको थियो l कार्यक्रम सञ्चालन इश्वरी प्रसाद पौडेल ले गर्नु भएको थियो।

        कमेन्टहरु