देश

    परराष्ट्रमन्त्री डा. नारायण खड्का टर्की जाँदै

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २४ | बिहान ०९:११ बजे

      काठमाडौं, फागुन २४ । एडीएफमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का आज टर्की जाँदै छन्।

      टर्कीमा ११ देखि १३ मार्चमा एडीएफ सम्मेलन हुँदै छ। जहाँ ५० भन्दा बढी देशका परारष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञको सहभागिता हुनेछ।

      यसमा मन्त्री खड्काले लोकतान्त्रिक शासन र सुरक्षा तथा एशिया नयाँः दिगो क्षेत्रीय विकास सम्बन्धी छलफलमा भाग लिनेछन्।

      उनले टर्कीका समकक्षी तथा अन्य सरकारी अधिकारीसँग पनि भेटघाट गर्नेछन्। यससँगै त्यहाँ रहेका गैरआवासीय नेपाली र उद्यमीसँग पनि छलफल गर्ने कार्यक्रम छ।

        कमेन्टहरु